तीन जना अवैधानिक प्राध्यापक हटाउन स्ववियुको ध्यानाकर्षण

अखबार हब
२०८० श्रावण ३२, बिहीबार १०:५३

मकवानपुर । हेटौंडा उपमहागरपालिका वडा नम्बर–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले अवैधानिक रुपमा तीन जना प्राध्यापक नियुक्त गरिएको भन्दै स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले विरोध जनाएको छ ।

बुधवार स्ववियु मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष छोइसाङ लामाले क्याम्पस प्रमुख डा.शंकरप्रसाद उपाध्यायलार्ई ध्यानाकर्षण पत्र सो विषयमा ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा मकवानपुर क्याम्पसको नेपाली विषयको प्राध्यापक रामचन्द्र सुवेदीको सेवानिवृत्त पश्चात क्याम्पसलाई नेपाली विषयको प्राध्यापक आवश्यक परेकोले क्याम्पसले एक जना प्राध्यापकको विज्ञापन आह्वान भएको ठाँउमा अवैधानिक रुपमा तीन जना प्राध्यापक नियुक्त गरेको उल्लेख गरिएको छ ।

क्याम्पसको विधि विधान भन्दा बाहिर रहेर नियुक्त गरिएको प्राध्यापकहरुलाई तत्काल हटाउन माग गर्दै यदी ती मागलाई ७२ घण्टा भित्र सम्बोधन नगरिएमा स्वतन्त्र विद्यार्थी युनियन थप आन्दोलको घोषणा गर्ने चेतावनीसमेत दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*