मकवानपुरको बकैयामा करेन्ट लागेर परियारको मृत्यु

अखबार हब
२०८० श्रावण २८, आईतवार १०:५९

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ श्रीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर ५२ वर्षिय विरबहादुर परियारको मृत्यु भएको हो । आफ्नै घरमा फ्यान जोडने क्रममा करेन्ट लागेर परियार घाइते भएका थिए । घाइतेको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनको आज बिहान पौने ८ बजे अस्पतालमा मृत्यु भएको हो ।

शव भने हेटौंडा अस्पतालमानै रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*