अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य अधिकारीसहित ४० जना अनेरास्ववियुमा फर्किए

अखबार हब
२०८० श्रावण २८, आईतवार ०९:३२

मकवानपुर। नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य आकाश अधिकारीसहित ४० जना विद्यार्थी नेता नेकपा (एमाले)निकट अनेरास्ववियुमा फर्किएका छन् ।

शनिबार  हेटौंडा स्थित एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबीच उनीहरु अनेरास्ववियुमा फर्किएका हुन् ।

अनेरास्ववियु फर्कनेहरुमा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य अधिकारी, जिल्ला कमिटी कोषाध्यक्ष सुजन ढकाल, मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु उप(सभापति रोजन घिमिरे, हेटौंडा क्याम्पस स्ववियु उप(सभापति विधान आचार्य लगाएतका रहेका छन् ।

उनीहरुलाई एमालेका पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य कृष्ण दाहाल, एमाले नेता डोरमणी पौडेल, केदार न्यौपाने, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल लगाएतकाले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*