हेटौंडामा क्यान केन्द्रीय सचिव पाठकमाथि कालो पदर्थ छ्यापियो

अखबार हब
२०८० श्रावण २७, शनिबार १५:३५

मकवानपुर । नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सचिव दुर्गाराज पाठकमाथि कालो तरल पदर्थ छ्यापिएको छ ।

आज शनिबार हेटौंडामा क्यान मकवानपुरको आठौं साधारणसभा सकेर खाना खाने क्रममा पाठकमाथि कालो पदार्थ छ्यापिएको हो ।

स्कुटरमा आएका तीनजना युवाले कालो पदार्थ छ्यापेर भागेको बताइएको छ ।

प्रहरीले ती युवाहरुलाई खोजी गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*