पहिरोमा परी प्रहरी जवानको मृत्यु

अखबार हब
२०८० श्रावण २६, शुक्रबार २०:००

मकवानपुर । पहिरोमा परी मकवानपुरमा एक जना प्रहरीको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेमा खसेको पहिरोमा परी जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भई हाल भैंसेमा कार्यरत प्रहरी जवानको मृत्यु भएको हो ।

उनी जाजरकोट जिल्लाको शिवालय नगरपालिका–८, का २२ वर्षीय कृति बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुख्खा पहिरोमा परी घाइते भएका नेपालीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा नेपालीको राति १२ बजेपछि मृत्यु भएको हो । सुख्खा पहिरोमा परी अर्का प्रहरी जवान सुनिल मेचे भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*