सांसद पक्राउको कारण थाहा लागेपछी पार्टीको धारणा बनाउँछौं : लेखक

अखबार हब
२०८० श्रावण २५, बिहीबार २०:२८

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांसद सुनिल शर्मा पक्राउबारे जानकारी लिइरहेको बताएको छ ।

मोरङ ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शर्मालाई प्रहरीले नक्कली सर्टिफिकेटबारे अनुसन्धान गर्न बिहीबार पक्राउ गरेको छ ।

बिहीबार बसेको संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले किन पक्राउ गरिएको हो भन्ने जानकारी लिइरहेको भन्दै थाहा लागेपछि सो बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन् ।

उनले भने, ‘के विषयमा केका लागि किन पक्राउ गरेका भन्ने कुराको हामी जानकारी लिईराखेका छौं । केका लागि किन पक्राउ गरेको थाहा लागेपछि यो बारेमा आफ्नो धारणा सार्वजनिक गछौं।’
उनले सभामुखबाट जानकारी लिएपछि पार्टीले आफ्नो आधिकारीक धारणा राख्ने बताए ।

भोली बस्ने संसदीय दलको छलफल गर्ने एजेण्डाहरुको पूर्वतयारीकालागि आजको कार्यसमितिको बैठक बसेको हो ।

बैठक भोली १ बजे बानेश्वरको लोत्से हलमा बस्ने उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*