ज्यामिरे कालिका सामुदायिक वनका अध्यक्षसहित ५ जना पक्राउ

अखबार हब
२०८० श्रावण २५, बिहीबार १४:०२

मकवानपुर । काठ तस्करीको आरोपमा ज्यामिरे कालिका सामुदायिक वन मनहरी – ९ का अध्यक्ष दीपक पुलामीसहित ५ जना प्रकाउ परेका छन् ।

गत मंगलबार साँझ सामुदायिक वनको चिरान काठ अवैध रुपमा विक्री गरेको आरोपमा ज्यामिरे कालिका सामुदायिक वनका अध्यक्ष दीपक पुलामीसहित ५ जनालाई डिभिजन वन कार्यालय,राप्ती, मनहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्थानीय जयराम विडारी, डिके लामा, राम पुरी र रामेछाप घर भई हाल मनहरीमा काठ चिरानको काम गर्दै आएका काइँला तामाङ रहेको डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

सामुदायिक वनको करिब ३६ सेफ्टी चिरान काठ सम्बन्धीत वडा भन्दा बाहिर बिक्रि गरेको भन्ने सुचनाको आधारमा मनहरी ८ बेलुवामा अनलोड गरि राखेको अवस्थामा काठ बरामद भएको कार्यालयले जनाएको छ ।

काठ बरामद भए लगतै पुलामी सहित ४ जनालाई सोधपुछ गर्दा उक्त काठ सार्वजनिक स्वास्थ्य भवनको लागि ठेकेदारलाई विक्री गरिएको बताएको र उनीहरुको जवाफ चित्त नबुझेपछी पक्राउ गरि अनुसन्धानका लागि थुनामा राखिएको आचार्यले बताए । उनीहरुलाई साउन २६ गते सम्मको म्यादथप गरि अनुसन्धान गरिरहेको उनले बताए ।

सामुदायिक वनको काठ सम्बन्धीत वडा भन्दा बाहिर विक्रि गर्नु परेमा सामुदायिक वनले निर्णय गरि ठेक्का वा लिलामी मार्फत विक्रि गर्न सक्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*