सत्ता पक्षका सांसदहरुले संसदमा दादागिरी देखाए : बर्तौला
काठमाडौं । नेकपा एमालेका सचेतकले महेश बर्तौला सत्ता पक्षका सांसदहरुले संसदमा दादागिरी देखाएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्तौलाले सत्तापक्षले संसदमा द्वन्द्व गराउन चाहेको दावी पनि गरे ।
उनले भने ‘ प्रतिपक्षले सभामुखको अनुमति लिएर बोल्न खोज्दा समेत सत्तापक्षका माननीयहरु उठेर विरोध गर्नु भयो । सत्तापक्षको यसप्रकारको दादागारी आज संसदमा देखा प¥र्यो । यसले के देखाउँछ भने सरकार सदन चलाउन चाँहदैन् । सत्तापक्ष संसदमा द्वन्द्व गराउन चाहन्छ । ’
आफुहरुले कुरा गर्न राख्न खोज्दा द्धन्द्धको सिर्जना गरेको सचेतक बर्तौलाको आरोप छ । यो् संसदीय मूल्य मान्यता भन्दा बाहिर भएको उनको भनाइ छ ।
सबै करणी आफुले गरेर दाउपेचका साथ सत्ता पक्ष र सरकार लागेको कारणले सदन नचलेको दावी पनि बर्तौलाको छ ।







