हेटौंडा–काठमाडौं ओहोरदोहोर गर्ने दुवै सडक सञ्चालनमा

अखबार हब
२०८० श्रावण २३, मंगलवार १९:२१

मकवानपुर। पहिरोका कारण अवरुद्ध हेटौंडा–काठमाण्डौं ओहोरदोहोर गर्ने दुईवटै सडक सञ्चालनमा आएको छ ।

अविरल वर्षाका कारण अबरुद्ध बनेको हेटौंडा–काठमाडौं ओहोर दोहोर गर्ने भीमफेदी– भैंसे सडक खण्ड संचालनमा आएको छ । भीमफेदी – फाखेल सडक खण्डको भीमफेदी – २ मा पहिरो गएको कारण सडक अवरुद्ध भएको थियो । उक्त सडक पनि सञ्चालनमा आएको छ ।

अविरल वर्षा सँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ संचालनमा आएको छ। कान्तिलोकपथ अन्तर्गत बकैया ११ लाम्राङमा पहिरो खसेको थियो। सडक डिभिजन कार्यालय हेटौंडाको दुई वटा डोजर प्रयोग गरेर पहिरो पन्छाइएसँगै सडक खुलाइएको हो । पहिरो कारण रोकिएका सवारी गन्तव्यतर्फ गुड्न थालेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*