उच्च अदालत पाटन हेटौंडा इजलासमा जम्मा ७ मुद्दामा मेलमिलाप

अखबार हब
२०८० श्रावण २२, सोमबार १८:११

मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासमा जम्मा ७ वटा मुद्दामा मेलमिलाप भएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा उच्च अदालत पाटन हेटौंडा इजलासले जम्मा ७ वटा मुद्दामा मेलमिलाप गराउन सफल भएको हो ।

आज उच्च अदालत पाटन हेटौंडा इजलासले पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रमका अवसरमा यसका बारेमा जानकारी गराएको हो । गत आवमा ६१ र जिम्मेवारी सरेर आएको ६ मुद्दा गरि ६७ मुद्दामा मेलमिलाप गर्न पठाइएको थियो । जसमध्य ५८ वटा मुद्दामा मेलमिलाप हुन सकेन भने २ वटा मुद्दा प्रक्रियामा रहेको अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए ।

त्यस्तै इजलासले गत आवमा ७५ दशमलब ३६ प्रतिशत मुद्दाको फैसला गरेको छ । हेटौंडा इजालासले जिम्मेवारी सरेर आएका र बितेको आर्थिक वर्षमा दर्ता भएका मुद्दासमेत गरि एक हजार ७ सय ४१ वटा मध्य ७५ प्रतिशत भन्दा धेरै अर्थात एक हजार ३ सय १२ वटा मुद्दाको फैसला गरिएको रजिष्ट्रार भट्टले जानकारी दिए ।

त्यसैगरि यस आवका लागि अदालतमा जिम्मेवारी सरेर आएका ४ सय २९ वटा मुद्दा रहेका छन् । १८ महिना नाघेको तर दुइ वर्ष नपुगेको मुद्धा एउटा मात्र रहेको र २ नाघेको मुद्धाहरु एउटा पनि नरहेको साखा अधिकृत केशब प्रसाद ढुंगानाले जानकारी दिए ।

कार्यक्रममा अदालतका न्यायधिसहरु अब्दुल अजिज मुसलमान, राजेश्वर तिवारी, मेरिना श्रेष्ठ, निर्मला शाक्य लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*