पहिरोको कारण हेटौँडाकाठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध

अखबार हब
२०८० श्रावण २१, आईतवार ११:०५

मकवानपुर । पहिरोको कारण हेटौँडा–काठमाडौं त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ ।

आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडामा ठूलो ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*