हेटौंडाको पशुपति मन्दीरमा पुष्प रोपन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको पशुपति मन्दिर परिषरमा फुलका बिरुवा रोपिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ समितिले मन्दिर परिषरमा पुष्प तथा वृक्ष रोपन गरेको हो । मन्दिर परिषरमा एक सय वटा भन्दा बढी फुलका विरुवा रोपिएको कार्यक्रम संयोजक रामहरी प्रसाईंले जानकारी दिए ।
कार्यक्रममा पार्टी जिल्ला उपसंयोजक प्रकाश गौतम, क्षेत्रीय सदस्य टाकाराज थापा (सुरेश), किशोर अर्याल, नगर सभापति धूर्ब बिष्ट, नगर उपसभापति सपना कंडेल, नगर संगठन निभाग प्रमुख विशालराज महत, नगर सचीव प्रेम लामिछाने, नगर सदस्य महेन्द्र श्रेस्ठ, बिनोद पौडेल, राम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।







