नारायणी नदीमा हाम फाल्ने हेटौंडाकी उमा

अखबार हब
२०८० श्रावण २०, शनिबार ११:००

मकवानपुर । चितवनको नारायणी पुलबाट नदीमा हाम फालेर मृत्यु भएकी महिलाको पहिचान भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अनुसार मृतक महिला मकवानपुर हेटौंडा उपमहागरपालिका वडा नं.२ की ५२ बर्षीय उमा कुमारी रेग्मी पराजुली रहेकी छन् ।

गत बिहीबार बिहान करिब ७ः४० बजेको समयमा उनी भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हाम फालेकी थिइन् । नदीमा हाम फालेको देखेपछि प्रहरीले अचेत अवस्थामा उद्धार गरेको थियो । उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बिहान साढे ८ बजे मृत्यु भएको थियो ।

प्रहरीले कानुनी प्रक्रिया पुरा गरी शव मृतकको आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*