चोरीको सुन किनेको आरोपमा प्रतीक शाक्य पक्राउ

अखबार हब
२०८० श्रावण १९, शुक्रबार १३:५०

मकवानपुर । मकवानपुर प्रहरीले चोरीको सुन खरिद गरेको आरोपमा प्रतीक शाक्य पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चोरीको सुन,चाँदीको गहना खरिद गरेको आरोपमा कान्तिराजपथस्थित पूर्ण शाक्य एण्ड सन्सका प्रतीक शाक्यलाई पक्राउ गरिएको हो । उनले हेटौंडा–१७, चुनडाँडास्थित प्रमिला कार्कीको घरबाट चोरी भएको सुन र चाँदीको गहना खरिद गरेको प्रहरीले जनाएको छ ।

कार्कीको घरबाट हेटौंडा–६ स्थित चुच्चेखोलाका ३४ वर्षीय दिनेश नेपालीले सुन तथा चाँदीको गहना चोरी गरेका थिए । चोरी गरेको गहना शाक्यको पसलमा ल्याएर उनले विक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखाएको छ । दिनेशले सुनको तिलहरी, जुली दुई थान, चाँदीको बाला, औंठी, लकेट विक्री गरेको देखिएको छ । प्रहरीले उनीहरुविरुद्ध चोरीको आरोपमा मुद्धा लगाएको छ । दिनेशको शरिर तथा घर कोठा समेत खानतलासी गर्दा निजको साथबाट नगद अठाईस हजार, निजको घरको कोठाबाट स्क्रिनटच मोबाईल एक थान र फलामको खुकुरी समेत प्रहरीले फेला पारेको थियो ।

दिनेशले सुनको बिल सहित चोरी गरेको र बिल सहित शाक्यको पसलमा बिक्री गरेका थिए । प्रहरीले उनीहरुविरुद्ध चोरीको आरोपमा मुद्धा लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*