जन्मदिनमा अध्यक्ष श्रेष्ठले गरे बृक्षारोपण

अखबार हब
२०८० श्रावण १७, बुधबार १९:३७

मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठले आफ्नो जन्म दिनको अवसरमा बृक्षारोपण गरेका छन् ।

बागमती प्रदेशसभा सदस्य समेत रहेका श्रेष्ठले हेटौँडा उपमहनगरपालिका वडा नंबर १३ मा रहेको बृन्दावन बनस्पती उद्यानमा पुगेर रुद्राक्षको बिरुवा रोपेर जन्मदिन मनाएका हुन् । जन्म दिनमा बृक्षारोपण गर्ने परिपाटीको विकासको लागि पूर्व मन्त्री श्रेष्ठले उद्यानमा पुगेर बृक्षारोपण गरेका हुन् ।

हरेक नागरिकले आफ्नो जम्नदिवसको अवसरमा एक विरुवा रोपेमात्र पनि पर्यावरणलाई फाईदा पुग्ने, वातावरण स्वच्छ हुने बनाउँदै उनले आफुले यस्तो कार्यको थालनी गरेको बताए ।

बुधबार बिहान उद्यानमा पुगेर अध्यक्ष श्रेष्ठले उद्यान क्षेत्रको अवलोकन समेत गरे । उनले उद्यानलाई थप ब्यवस्थित बनाउन आफ्नो तहबाट हुने सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

अनुसन्धान केन्द्रका प्रमुख रघुराम पराजुलीले आफ्नो जन्मदिनमा अवसरको रुपमा शुरु गरेको बृक्षारोपण यस अभियानले वन नियमावली २०७९ मा कानुनी मान्यता पाएको छ । जसअनुसार वृन्दावन वनस्पति उद्यान, हेटौंडा र पर्वतीय वनस्पति उद्यान, दामनमा यो प्रावधान कार्यान्वयनमा आएको छ । प्रावधानअनुसार एक विरुवा रोपण गरेको रु २ हजार राजस्व लाग्छ । राजस्वको प्रावधान आएपछि वृन्दावन र दामनमा गरी कूल ४७ वटा विरुवा सम्मानित वृक्षारोपणको रुपमा रोपण भएको छ भने राजस्व प्रावधान लागु नहुॅदैको अवधिको समेत गरी दुवै उद्यानमा गरेर हालसम्म ११० विरुवा रोपण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*