माओवादी पार्टी पार्टीजस्तो बन्न सकेनः प्रचण्ड

अखबार हब
२०८० श्रावण १७, बुधबार १६:०६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पार्टीजस्तो नभएकाले पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै यो बैठकबाट पार्टी पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताए।

उनले भने, ‘हामीसँग नेता कार्यकर्ताहरूको विशाल पङ्क्ति त छ तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन। हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ। मलाई विश्वास छ सबैले गम्भीरता र जिम्मेवारीका साथ पार्टी पुनर्निर्माणको अभियानको थालनी गर्ने विश्वास व्यक्त गर्छु।’

यसमा तपाइको मत

Your email address will not be published.


*