हेटौंडामा युवा संघले रोप्यो तीन सय विरुवा

अखबार हब
२०८० श्रावण १६, मंगलवार १०:३९

मकवानपुर । एक युवा पाँच बिरुवा भन्ने नाराका साथ राष्ट्रिय युवा संघ नेपालले देश व्यापाी रुपमा बृक्षा रोपण अभियान गरिरहेको छ । त्यही अभियान अन्तरगत आज(मंगलबार) हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ दिब्य बाल उद्यानमा तीन सय वटा विभिन्न जातका विरुपा रोपेको हो ।

राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजनामा वृक्षा रोपण गरिएको हो । कार्यक्रममा युवा संघका केन्द्रीय उपाध्यक्ष सिता सुवेदीले विरुवा रोपेर कार्यक्रमको सुरुवात गरेकी थिइन्।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य एका लाल श्रेष्ठ, युवा संघका केन्द्रीय सचिब जय गुरुङ, एमाले बागमती प्रदेश कमिटीका सदस्य रघु नाथ खुलाल, युवा संघ नेपाल केन्द्रीय लेखा आयोगका प्रमुख सन्तोष चौलागाईं, युवा संघका नगर उत्प्रेरक निरज पौडेल, एमाले मकवानपुरका सचिब नविन सिग्देल, एमाले जिल्ला सचिवालय सदस्य मदन दाहाल, एमाले मकवानपुरका नेताहरु मिना अर्याल, आरती पाठक, रमिला सापकोटा, दिलु धर्ति, नरेन्द्र भण्डारी, लक्ष्मण उप्रेती लगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*