जिल्ला प्रशासनमा निर्माण व्यवसायीको धर्ना
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना दिएको छ ।
चरणबद्ध आन्दोलनमा रहेको निर्माण व्यवसायी संघ मकवानपुरको अगुवाइमा निर्माण व्यवसायीहरु आइतबार बिहान १० बजेदेखि एक घण्टा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन् ।
निर्माण व्यवसायीका सबै निर्माण कार्यहरुको भुक्तानीको मागसहित धर्नामा बसेको संघका कार्यबाहक अध्यक्ष सागर कटुवालले जानकारी दिए। धर्नामा संघका काबा अध्यक्ष सागर कटुवाल, द्धितीय उपाध्यक्ष भवनाथ अधिकारी, महासचिव राजेन्द्रप्रसाद चौलागाई, उपमहासचिव दिनेश पनेरु, कोषाध्यक्ष अनल श्रेष्ठलगायतका निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।
यसअघि निर्माण व्यवसायी संघ मकवानपुरले जिल्लाका प्रमुख राजनितिक दल र सरकारी कार्यालयमा पुगेर व्यवसायीका समस्यासहितको ज्ञापनपत्र बुझाएको थियो ।







