हेटौंडाको जुरेथुममा रास्वपाको वृक्षारोपन
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१७ कमिटीले वडामा अवस्थित जुरेथुम पार्कमा वृक्षारोपन गरेको छ ।
शनिवार रास्वपा वडा समितिले हेटौंडाको पर्यटकीय क्षेत्र मध्यको एक जुरेथुममा २ सय ५० वटा विरुपा रोपेको कार्यक्रम संयोजक केदार अधिकारीले जानकारी दिए । बोट बिरुवाको संरक्षण गर्नु सबैको दायित्व भएकाले खुल्ला रुपमा गाई बस्तुको चरण नगर्न र सबै मिल विरुवा हुर्काउने काममा मद्दत गर्न अधिकारीले अपिल गरेका छन् ।
वृक्षारोपल कार्यक्रममा पार्टीका जिल्ला सहसंयोजक प्रकाश गौतम, क्षेत्रीय सदस्यहरु सुरेथ थापा, जगदीश दाहाल, किशोर अर्याल, नगर सभापति धुर्वबहादुर बिष्ट, जिल्ला वन सहायक अधिकृत गोबिन्द अर्याल, जुरेथुम पर्यटकीय पार्कका अध्यक्ष शंकर बहादुर राउत लगायतको सहभागिता रहेको थियो ।







