हेटौंडा बजारको सडक विस्तार रोकिदैन : सडक डिभिजन

अखबार हब
२०८० श्रावण १०, बुधबार १६:४५

मकवानपुर । डिभिजन सडक कार्यालय हेटौंडाले हेटौंडा बजार क्षेत्रको सडक विस्तार नरोकिने बताएको छ ।

पछिल्लो पटक प्रकाशित सूचना अनुसार नै ३५ दिनपछी तोकिएको सडक सीमाभित्रका संरचना हटाउन सुरु गर्ने डिभिजन सडक कार्यालयका सुचना अधिकारी इन्जिनियर यादव सुवेदीले बताए ।

हेटौंडाका केही घरधनीको हकमा भने सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । विजयलाल जोशीले पेस गरेको रिट निवेदन माथि सोमबार भएको बहसमा सर्वोच्च अदालतले उक्त अल्पकालीन अन्तरिम आदेश गरेको हो । जोशीले गत साउन ४ गते सर्वोच्चमा दर्ता गराएको मुद्दामा न्यायाधीश अनिल कुमार सिन्हाको इजलासले सडक विस्तारको विषयमा १५ दिन भित्र लिखित जवाफ माग गर्दै छलफलको लागि बोलाएको छ ।

सडक कार्यालयले भने मुद्दा परेर आदेश भएका घरको हकमा अदालतकै आदेशानुसार गर्ने तर सडक विस्तारको काम भने नरोक्ने जनाएको छ ।

‘सर्वोच्च अदालतले बोलाएको छ, २ जना घरधनीका लागि अल्पकालीन आदेश आएको हो, हामी सोहीअनुसार उपस्थित हुनेछौं, यो समग्र हेटौंडाबजार संग जोडिएको आदेश होईन काम रोक्दैनौं, भ्रममा नपर्न आग्रह गर्छौं, सुवेदीले भने ।

डिभिजन सडक कार्यालय हेटौंडाले गत असार १० गते महेन्द्र राजमार्गको हेटौंडा स्थित रातोमाटे–बुद्धचोक, राप्तीपुलसम्मको सडक सीमा सड़क केन्द्रबाट २५÷२५ गजभित्र पर्ने संरचना हटाउन भन्दै सुचना प्रकाशित गरेको थियो । सडक कार्यालयको सुचनामा तोकेको मिति साउन १५ गते सकिदै छ । ३५ दिनको समयसीमा सकिएलगत्तै हेटौंडाको मुख्य बजार विस्तार कार्य सुरु गर्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*