रकम भुक्तानीको माग गर्दै निर्माण व्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अखबार हब
२०८० श्रावण ९, मंगलवार २०:१६

मकवानपुर । निर्माण व्यवसायीहरुको काम गरेर रोकिएको रकम तत्काल भुक्तानी गर्नुपर्नेलगायतका माग गर्दै निर्माण व्यवसायी महासंघ बागमती प्रदेश र निर्माण व्यवसायी संघ मकवानपुरल प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

निर्माण व्यवसायी महासंघ बागमती प्रदेशले बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमार्फत र निर्माण व्यवसायी संघ मकवानपुरले मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत मङ्गलबार ज्ञापनपत्र बुझाएको हो । सरकारले अमूर्त रुपमा म्याद थप गर्न गरेको निर्णय अस्वीकार्य भएको भन्दै निर्माण व्यवसायीहरुले सबै आयोजनाहरुको एकमुष्ट म्याद थप गर्न माग गरेका छन् ।

निर्माण व्यवसायी महासंघ बागमती प्रदेशका सहकोषाध्यक्ष राजेश भेटवालले मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सरकारले निर्माण व्यवसायीलाई समयमा कामको भुक्तानी नगर्दा निर्माण उद्योग समस्यामा परेको बताए । यस्तै निर्माण व्यवसायी संघ मकवानपुरका कार्यबाहक अध्यक्ष सागर कटुवालले मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई संवोधन गर्ने गरी मूल्य समायोजन गर्नुपर्ने बताए ।

प्रजिअसमक्ष ज्ञापनपत्र बुझाउन कावा अध्यक्ष कटुवालको नेतृत्वमा द्धितीय उपाध्यक्ष भवनाथ अधिकारी, महासचिव राजेन्द्रप्रसाद चौलागाई, उपमहाचिव सुरज बर्तौला, कोषाध्यक्ष अनल श्रेष्ठ, सहकोषाध्यक्ष प्रकाश लामासहितको टोली गएको थियो । यसैबीच निर्माण व्यवसायी महासंघले नौ बुँदे माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*