सिटिइभिटीको प्रदेश कार्यालयमा अनेरास्ववियु(क्रान्तिकारी)को ताला

अखबार हब
२०८० श्रावण ३, बुधबार १९:१२

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले सिटिइभिटीको बागमती प्रदेश कार्यलयमा तालाबन्दी गरेको छ ।

पछिल्लो समयमा सिटिइभिटीले गरेको शुल्क वृद्धि तत्काल खारेज गरि पुरानै शुल्कमा पठनपाठन गराउनु पर्ने माग गर्दै आज (बुधबार) सातै प्रदेशका कार्यालयमा अखिल (कान्तिकारी) ले विरोध स्वरुप तालाबन्दी गरेको हो ।

असार ३१ गतेबाट संघर्षका विभिन्न चरणको कार्यक्रम गर्दै आउँदा पनि सिटिइभिटी केन्द्रिय कार्यलयले नटेरेपछी कार्यालयमा ताला लगाउन बाध्य भएको अनेरास्ववियु(क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी ले जारी गरेको प्रेस बक्तब्यमा उल्लेख छ ।

‘यतिखेर एकाद पुँजिपती वर्ग बाहेक देश र जनता आर्थिक संकटको चपेटामा परिरहेको छ । सर्वसाधारण जनतालाई आफ्नो दैनिकी गुजारा चलाउन पनि धाउधाउ भैरहेको छ । राज्यको तर्फबाट सर्वसुलभ र निशुल्क प्रदान गरिनुपर्ने शिक्षा जस्तो संवेदनशील विषयलाई केही पुँजिपती वर्गले व्यापारिक साधन बनाएर शैक्षिक व्यापार गरिरहेका छन् । ’ बक्तब्यमा भनिएको छ ।

सिटिइभिटीले अविभावक र विद्यार्थीको ढाड सेक्ने गरि निजि संस्था सञ्चालकसंग साँठगांठ गरि मोटो रकम असुली गर्ने उद्देश्यले शुल्क वृद्धि गरेको अनेरास्ववियु(क्रान्तिकारी) को आरोप छ । असार ३० गते मध्यरातिबाट लागुहुने गरि सिटिइभिटीले पीसीएल नर्सिङ मा ३२ प्रतिशत, सामान्य चिकित्सा(एचए) मा २८ प्रतिशत र डिप्लोमा इन फार्मेसीमा २६ प्रतिशतका दरले शुल्क वृद्धि गरेको थियो ।

शुल्क बृद्धिको निणर्य तत्काल खारेज नभए आन्दोलको थप कार्यक्रम गरिने अनेरास्ववियु(क्रान्तिकारी) ले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*