रास्वपा हेटौंडा – ९ को सभापतिमा दवाडी

अखबार हब
२०८० असार ९, शनिबार १८:३२

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा –९ को सभापतिमा सोमित दवाडी चयन भएका छन् ।

आज भएको पार्टीको वडा भेलाले दवाडीको नेतृत्वमा ११ सदस्य वडा समिति गठन गरेको छ । उपसभापतिमा सौगात थापा, सचीवमा दिनेश खड्का, सदस्यहरुमा रामकुमार थापा, यदुप्रसाद खनाल, विकास चापागाईं लगायत चयन भएका छन् ।

पार्टीकी हेटौंडा नगर उपसभापति सपना कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संयोजक भरत पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published.


*