अत्याधिक गर्मीका कारण हेटौंडा र बकैयाका विद्यालय बन्द

अखबार हब
२०८० जेष्ठ २१, आईतवार ०८:५१

मकवानपुर । पछिल्लो समय बढेको अत्याधिक गर्मीका कारण मकवानपुुरको हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाको विद्यालयल बन्द गरिएको छ । दुवै पालिकाका सामुदायिक तथा निजी विद्यालय एक साताको लागि बिदा दिइएको हो ।

अत्याधिक गर्मीका कारण विद्यार्थीहरुमा विद्यालय गरए पढ्नका लागि समस्या भएसँगै विद्यालय बन्द गरिएको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले बताइन् ।

आज देखि एक साताको लागि विद्यालय बन्द गरिए पनि पानी परेको दिनबाट पुनः अर्को सूचना जारी गरेर पठनपाठन सुरु गरिने उनले बताईन् ।

हेटौंडाका केही वडा कार्यालयहरु आफैले निर्णय गरेर आज देखि तीन दिन सम्म विद्यालय बन्द गर्ने निर्णय गरेपनि अब भने उपमहानगरपालिका कार्यालयले ६ दिनका लागि बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

यसैगरी बकैयाँ गाउँपालिकाले पनि आज देखि आउँदो शुक्रबार सम्मका लागि विद्यालय बन्द गरिएको छ । गर्मी अत्याधिक बढेपछी वर्षे बिदामा मिलाउनेगरी विद्यालय बिदा गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*