राउन्ड टेबल नेपालद्वारा ८७ विद्यार्थीहरुलाई छात्रवृत्ति
मकवानपुर । राउन्ड टेबल नेपालद्वारा ८७ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
बुधबार राउन्ड टेबलले मकवानपुरगढी-५, स्थित श्री आधारभूत शिक्षा प्राथमिक विद्यालयमा ३ लाख १५ हजार ६ सयको छात्रवृत्ति वितरण गरेको हो ।
राउन्ड टेबल नेपाल, हेटौंडा टेबल-३० का अध्यक्ष रवि अग्रवालको सभाध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो । उनीहरुले विद्यालयका प्रधानाध्यापक प्रल्हाद घिमिरेलाई छात्रवृत्ति बराबरको रकम चेक हस्तान्तरण गरेका थिए ।
राउन्ड टेबल नेपाल, हेटौंडा टेबल-३० का सदस्य राहुल जालानका अनुसार संस्थाले विगत २ वर्षदेखी उक्त विद्यालयमा ५ हजार लिटरको पानी ट्याङ्की, सम्पूर्ण स्कूलको छनो फेरेर रंगरोगन तथा विद्यार्थीहरुको लागि पोशाक देखि स्टेशनरी सामाग्री सहयोग गर्दै आइरहेको छ ।
नेपाल भरी १ हजार बढीहरुलाई विद्यार्थीहरुलाई प्रदान गरिने योजना अन्तर्गत हेटौंडामा पनि राउन्ड टेबलले मकवानपुरगढीको श्री आधारभूत शिक्षा प्राविसँगै हेटौंडा-११ को जेम्स इङलिस बोर्डिङ स्कूलको २ विद्यार्थीलाई १४ हजार र हेटौंडा-४ को आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको ३ विद्यार्थीलाई ८ हजार ४ सय बराबरको छात्रवृत्तिसमेत प्रदान गरेको जालानले बताए ।
राउन्ड टेबल नेपाल १८ देखि ४० वर्ष उमेर समूहका गैर-राजनीतिक र गैर-साम्प्रदायिक युवाहरूको संगठन हो । संस्थाको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवर्द्धन गर्ने कार्यहरु रहेको कार्यक्रम संयोजक दीपक अग्रवालले जानकारी दिए ।







