भोजपुरमा हेटौंडा–४ को शैक्षिक अन्तरक्रिया

अखबार हब
२०७९ फाल्गुन ८, सोमबार १४:०४

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को अध्ययन भ्रमण टोलीले भोजपुर नगरपालिकाको विद्योदय माविमा शैक्षिक अन्तरक्रिया गरेको छ ।

जिल्लाकै अग्रिणी, नमुना र वर्तमान राष्ट्रपती विध्यादेवी भण्डारी अध्ययन गरेकी विद्योदयको ईतिहास, शैक्षिक उपलब्धि, ल्याव, बाल कक्षा, पुरस्तकालय, खेलकुद, सिकाई तथा परीक्षा प्रक्रियाबारे अन्तरक्रिया र अवलोकन गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देलले व्यवस्था परिवर्तनपछि शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, रोजगार, वातावरणलगायतका क्षेत्रमा अबस्था परिवर्तन गर्ने अभियानमा लाग्नुपर्ने र भौतिक विकाससंगै शिक्षा विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा हेटौँडा ४ नं वडा भित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विध्यालय, टोल विकास संस्था, महिला जागरण समूह, युवा क्लब, सहकारी, सामाजिक संस्थाका प्रतिनिधिसहित भ्रमण टोलीका ३१ जनाको सहभागिता थियो । त्यस्तै, विद्योदय माविका प्रअ शिवनारायण ठाकुर, पूर्व प्रअ परशुराम तिवारी, शिक्षकहरू खोमराज धमला, यसोधारा माविका प्रअ ध्रुवराज रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*