गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

अखबार हब
२०७९ माघ १४, शनिबार १४:५०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृह मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्।

उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेले राजीनामा दिएसँगै गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने भएका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले उक्त कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिए।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले शुक्रबार रवि लामिछानेको नागरिकता विवादका कारण सांसद बन्‍न अयोग्य ठहर गरेको थियो। उक्त फैसलापछि लामिछानेले पदबाट राजीनामा दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*