मकवानपुर १ मा रोचक प्रतिस्पर्धा : रुख भन्दा हलो १८ मतले अघि,तेस्रोमा सुर्य

अखबार हब
२०७९ मंसिर ८, बिहीबार ११:२८

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिस्पर्धा रोचक बनेको छ ।

जारी मतणनाको ७९ हजार ७ सय ५५ मत गणना हुँदा राप्रपाका दिपक बहादुर सिंह सत्ता गठबन्धनबाट काँग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना १८ मतले पछि परेकी छिन् । सिंहले २३ हजार ३५८ मत पाएका छन् भने डिनाले २३ हजार ३ यय ४० मत पाएकी छिन् ।

त्यसै गरि एमालेको चुनाव चिन्ह लिएर निर्वाचन लडेका राप्रपा नेपालका अध्यक्ष २२ हजार ६ सय ५८ मतका साथ पछ्याई रहेका छन् । अब हेटौंडा उपमहानगरपालिका क्षेत्रको केही वटाको मतगणना गर्न बाकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

No photo description available.

यसमा तपाइको मत

Your email address will not be published.


*