मकवानपुर–२ बाट उम्मेदवारी दिएका पराजुली कति सुरक्षित
मकवानपुर । मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुने भएक सँगै देशमा यति बेला चुनावी सहगर्मी बढेको छ । निर्वान आयोगको कार्यतालिका अनुसार विभिन्न पार्टीका तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएसँगै चुनावी प्रचार प्रसार सुरु गरि सकेका छन् ।
दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा रहेको मकवानपुरमा पनि यति बेला उम्मेदवारहरुलाई चुनावले झपकै छोपेको छ । उम्मेदवारहरु आफ्नो चनावी प्रतिवद्धता सहित घरदैलो तथा चुनावी कार्यक्रम लिएर यतिबेला मतदाताको घर घर धाउन थालिसकेका छन् ।
मकवानपुरको क्षेत्र नम्बर २ मा यसपालिको निर्वाचनमा त्रिकोणात्मक प्रतिस्पर्धाहुने देखिएको छ । उत्त क्षेत्रबाट लामो समय नेपाली काँग्रेसको राजनिति गरेका हाल रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका भरत पराजुली, नेकपा एमालेका युवा नेता महेश कुमार बर्तौला र गठबन्धनका तर्फबाट नेकपा एसका विरोध खतिवडा चुनावी दौडमा देखिन्छन् ।
खतिवडा ५ औं पटक सांसद जीतेर ह्याट्रिक गर्ने दाउँमा छन् भने बर्तौला पहिलो पटक चुनावी प्रतिस्पर्धामा होमियका नयाँ अनुसार हुन् त्यसै गरि पराजुली आफ्नो पुरानो राजनितिक अनुभवलाई भोटमा परिनत गर्ने दाउँमा चुनावमा होमियका छन् ।
बर्तौला विद्यार्थी राजनिति बाट उदायका नेता हुन उनको उत्त क्षेत्रमा खासै सामाजिक भुमिका देखिदैन् भने उनी खासै जनता माझ भिजेका नेता भने होइनन् । त्यस्तै खतिवडा पटक पटक सांसद हुदा समेत जनताको आकांक्षा पुरा गर्न नसकेको र सासंद हुन मात्र चुनाव लड्ने जनताको दुखमा खासै उपस्थीति नजनाउने, चुनाव आएसँगै मात्र गाउँ पस्ने उत्त क्षेत्रका जनताको गुनासो गर्ने गरेका छन् ।
लामो समय काँग्रेसमा राजनिति गरेका पराजुली हालसम्म कुनै पनि सार्वजनिक पद धारण नगरेका उम्मेदवार हुन् । कुनै लाभको पदमा नरहि लामो समय जनताको सेवामा लागेका उनी विवाद रहित जनताको सेवामा तल्लीन उम्मेदवार रहेको स्थानीय बताउँछन् ।
पराजुली मकवनपुरे जनता र बिभिन्न राजनीतिक दलको नजरमा लोकप्रिय नेताको रुपमा चिरपरिचित देखिन्छ ।
नेकपा एमाले बाट चोइटिएर बनेको नेकपा (एकीकृत समाजवादी)को मत यस भेगमा निकै नै न्युन छ , तर सत्ता गठबन्धनको मत एमालेको भन्दा बढी देखिन्छ ।
सत्ता गठबन्धनमा आफ्नो उम्मेदवार नहुन र लामोसमय काँग्रेसमा राजनिति गरेका शालिन व्यक्ति पराजुली यसै क्षेत्रमा उम्मेदवार भइरहदा गठबन्धन निकट नेपाली काँग्रेस र नेकपा माओवादीको मत उनलाई जान सक्ने दाबी काँग्रेस कै एक जिल्ला सदस्यले गरेका छन् । ‘हाम्रो उम्मेदवार छैनन्, अन्य लाई भोट हालि जीताउँनु भन्दा लामो समय हाम्रै पार्टीमा लागेका विवादमा नमुछियका भरत दाईलाई भोट हाल्ने हामीले विचार गरेका छौं’ नाम नखुलाउँने सर्तमा एक काँग्रेस जिल्ला सदस्यले भने ।
गठबन्धनकै दल भित्रका पार्टीका सदस्यहरुको यस किसिमको अभिव्यत्तिले जनाधार नभएको पार्टीबाट गठबन्धनकै भरमा उम्मेदवारी बनेका खतिवडाको यसपटक संसदीय यात्रामा ब्रेकलाग्ने देखिन्छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्दा एमालेका वडाध्यक्ष उम्मेदवारहरूको मत ३७ हजार ८६ छ भने कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूको मत ३४ हजार २ सय ४० रहेको छ । यस्तै माओवादी केन्द्रका उम्मेदवारहरूले २२ हजार ६ सय ६१ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीको मत भने २७ सय १९ रहेको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाका वडाध्यक्ष उम्मेदवारले पाएको मत ४ सय ६४ छ, भने जसपाको २ सय २० रहेको छ ।







