मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु

अखबार हब
२०७९ आश्विन २७, बिहीबार १०:२१

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ सुरुङ खोलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुरीखेत बस्ने अन्दाजी ३२ वर्षीया समिता राना मगर रहेको जिल्ला प्रहरी कार्याल मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

बुधबार मगरको घरदेखी १ किलोमिटर उत्तर घास काट्न गएकोमा भिरबाट लडेर मृत्यु भएको कार्कीले बताए । मुजुल्का पश्चात् मगरको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*