दिपक सिंहले गरे मनोनयन दर्ता
मकवानपुर । राप्रपाको तर्फबाट आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि प्रतिनिधि सभातर्फ मकवानपुरको क्षेत्र न १ बाट दिपकबहादुर सिंहले मनोनय दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय मकवानपुर १ मा पुगेर सिंहले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित सिंहले यसपटक प्रतिनिधि सभामा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
अब राप्रापका सिंहसंग नेकपा एमालेको समर्थनमा राप्रपा नेपालका कमल थापा, गठबन्धनबाट नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्यय डिनाको प्रतिष्पर्धा हुनेछ ।







