मदन भण्डारी फाउण्डेशनको हेटौंडामा चियापान तथा शुभकामना
मकवानपुर। मदन भण्डारी फाउण्डेशन मकवानपुरको आयोजनामा हेटौंडामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
नेपालीहरुको महानपर्व विजयादशमी, शुभदीपावली तथा छठ पर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका केन्द्रीय नेता तथा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले सबैलाई शुभकामना व्यक्त गरेका थिए।

आउँदै गरेका चार्डपर्व सबैले हासी खुसीका साथ विताउन उनले आग्रह गरे । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, जुनेली श्रेष्ठ, एमालेका बागमती प्रदेश कमिटीका उपसचिव महेश कुमार बर्तौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतम, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।







