चोरीको मोटर साईकलसहित हेटौंडाबाट २ जना पक्राउ

अखबार हब
२०७९ भाद्र ७, मंगलवार १६:२८

मकवानपुर । मकवानपुर प्रहरीले चोरीको मोटर साईकलसहित दुई जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१५ बस्ने वर्ष २० को मनोज पुलामी मगर र हेटौंडा–५ शान्तिनगर बस्ने वर्ष २२ को सुरज ठकुरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ना ३९ प २२९९ र बा ३३ प ६११४ नम्बरको चोरीको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रवत्ता टेकबहादुर कार्कीले बताए ।

भदौ ३ गते राती हेटौंडा–५ स्थित शान्तिनगरबाट ना ३९ प २२९९ नम्बरको मोटरसाईकल चोरी भएको उजुरी प्रहरीमा आएको थियो । सोही उजुरीको आधारमा प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा आइतबार हेटौंडा–१५ बस्ने मनोजको घरभित्रबाट उक्त चोरी भएको ना ३९ प २२९९ र बा ३३ प ६११४ नंबरको मोटरसाईकल फेला पारेको प्रवक्ता कार्कीले बताए ।

उक्त मोटरसाइकलकको बारेमा सोधपुछ गर्दा मनोजले म र मेरो साथी मिलेर मोटरसाईकल चोरी गरेर ल्याएको बताएपछि सुरजलाई हेटौंडा–१० बसपार्कबाट पक्राउ गरिएको कार्कीले बताए । पक्राउ परेका दुबै जनामाथि आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*