रोड पर्मिटको माग गर्दै अटो व्यवसायीले गरे उपमहानगर घेराउ

अखबार हब
२०७९ भाद्र १, बुधबार २०:३०

मकवानपुर । रोड पर्मिटको माग गर्दै अटो व्यवसायीहरुले हेटौंडा उपमहानगर घेराउ गरेका छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सबै अटो तथा मयुरीलाई रोड पर्मिट दिनु पर्ने माग राख्दै उपमहानगर घेराउ गरेका हुन् । उनीहरुले बुधबार दिउँसो उपमहानगरपालिका कार्यालय अगाडि अटो रोकेर कार्यालय घेराउ गरेका थिए ।

अहिले स्टिकर नटाँसेको अटो तथा मयुरी व्यवसायीहरुलाई ट्राफिक प्रहरीले अमानवीय व्यवहार गरिरहेको व्यवसायहरुले गुनासो गरेका छन् । लाइसेन्स, इजाजत पत्र र मकवानपुर जिल्ला भरि चल्ने पाउँने पर्मिट हुँदा पनि स्टीकर नटाँस्दा हैरानी खेप्नु परेको उनीहरुको भनाई छ ।

हेटौंडा उपमहानगरपालिका र अटो मयुरी व्यवसायी संघको सहमतिमा २०७६ पुस ६ गतेभन्दा अगाडी दर्ता र पर्मिट पाएका अटो मयुरीमा स्टीकर टाँस्दै आएको छ । स्टिकर टाँसिएका अटो तथा मयुरी मात्रै हेटौंडा उपमहानगरपालिका क्षेत्रमा चल्न पाउँनेछन् । यसअघि हेटौंडा उपमहानगरपालिकाले २०७६ पुस ६ गतेभन्दा पछाडिका अटो मयुरीलाई हेटौंडा बजारले थेग्न नसक्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*