स्कुल बसको ठक्करबाट निजगढमा ५ वर्षिय बालकको घटनास्थलमै मृत्यु

अखबार हब
२०७९ श्रावण ३१, मंगलवार १७:०५

बारा । बाराको निजगढमा स्कुल बसको ठक्करबाट बालकको घटना स्थलमै मृत्यु भएको छ ।

मंगलबार बिहान निजगढ नगरपालिका–६ स्थित भित्रि सडक खण्ड अन्तरगत सडकटोल पानी ट्याङ्की नजिकै दुर्घटना हुदाँ ५ वर्षिय बालकको घटनास्थलमै मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय निजगढको अनुसार दुर्घटनामा परेर सिम्रौनगढ नगरपालिका घर भई हाल निजगढ नगरपालिका–६ सडकटोलमा बस्दै आएका राकेस राय यादबका ५ वर्षीय छोरा आयुष राय यादबको मृत्यु भएको हो ।

बिहान विद्यार्थी लिएर विद्यालय आउने क्रममा अभिभाबकले विद्यार्थी स्कुल बसमा चडाउने क्रममा संगै आएका बालक पछाडी पटिको बायाँ चक्कामा छिरेका रहेछन तर न मलाई थाहा भयो न अभिभाबकले नै थाहा पाए चालक राम बहादुर कार्कीले भने ।

दुर्घटनालगत्तै निजगढ– ७ स्थित बिद्यासागर ईंग्लिश बोर्डिङ स्कुलको प्रदेश–२–०३ ००१ क १०७३ नम्बरको स्कुल बस र चालक निजगढ– ९ घर भएका ५५ वर्षीय राम बहादुर कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*