तनाव ग्रस्त हेटौंडा अस्पताल

अखबार हब
२०७९ श्रावण २२, आईतवार १०:४२

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरर्गतको हेटौंडा अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । करेन्ट लागेर उपचारको लागि आफन्तले अस्पताल ल्याउँदा डाक्टरले राम्रो संग उपचार नगरेको भन्दै आफन्तले अस्पतामा नाराबाजी गरेका हुन् ।

शनिबार दिउँसो करेन्ट लागेर उपचारको लागि ल्याईएका हेटौंडा ९ मिलनपथका १२ वर्षीय बालक सुमन तामाङलाई अस्पतालका डाक्टरले ४ः ५० मा उपचारको क्रममा मृत घोषणा गरेका थिए ।

बालकका बाबु हेटौंडा बाहिर रहेको हुँदा आउन समय लाग्ने भएपछि शव अस्पतालमै राखिएको थियो । डाक्टरले मृत घोषणा गरेका बालकलाई आफन्तले हेर्न जानेक्रममा आँखाबाट आँशु झरिरहेको भन्दै बालक जिउँदै रहेकोले पुनः उपचार गर्न दबाब दिएका थिए । त्यसपछि डाक्टरले पुनः उपचार सुरु गरेको थियो । तर डाक्टरले मृत्यु भइसकेको भनेपछि आफन्तहरुले बालकले समयमै उपचार नपाउँदा मृत्यु भन्दै अस्पतालमा नाराबाजी गरेका थिए ।

त्यस्तै हेटौंडा अस्पतालका मेसु रामचन्द्र सापकोटाले करेन्ट लागेर उपचारको लागि ल्याईएको बालकको मृत्यु ४ः ५५ मा भएको बताए । उनले करेन्ट लागेर ४ः१० बजे ल्याईएको बाललको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको बताए । उनले बालकको परिवारको सदस्य आउँन समय लाग्ने भएपछि अस्पातलमै शव राखिएको र आफन्तहरु आएर बालक जिउँदै रहेको भन्दै आरोप लगाएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*