प्रेस युनियनको महाधिवेशनमा सरकारका प्रवक्ताले भने – नेपाल श्रीलंकापथमा जाँदैन
मकवानपुर । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश श्रीलंकापथमा नजाने बताएका छ्न् ।
हेटौँडामा आजदेखि सुरू नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री कार्कीले जनतालाई देश श्रीलंकापथमा गयो भनेर अफवाह फैल्याइएको गुनासो गरे । ‘हाम्रो देशको अर्थतन्त्रमा केही समस्या छ तथापी, श्रीलंकाको पथमा जाँदैन । नेपाल छिट्टै सबल अर्थतन्त्र भएको मुलुकमा दर्ज हुनेछ ।’, उनले भने ।
कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको दाबी गर्दै अफवाह फैलाउने समाचारलाई कदापी प्राथमिकता नदिन सुझाव दिएका छन् । अफवाह फैलाउने समाचारले जनतामा नकारात्मक सोच पैदा हुने उनको भनाई छ ।







