प्रधानमन्त्री देउवा आज हेटौँडा आउँदै

अखबार हब
२०७९ श्रावण ६, शुक्रबार १०:०९

मकवानपुर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आज ( शुक्रवार) बागमती प्रदेशको राजधानी हेटौंडा आउने भएका छन् ।

देउवा नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको उद्घाटन गर्न हेटौंडा आउन लागेका हुन् ।

उद्घाटन कार्यक्रममा देउवासंगै कांग्रेस उपसभापतिद्वय पुर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकास शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार उद्घाटन सत्र र ७ गते शनिबार निर्वाचन हुने प्रेस युनियनको राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको युनियनले जनाएको छ ।

महाधिवेसनमा संघीय संरचना अनुरुप विधान संसोधनसहित निर्वाचन कार्यक्रम रहेको छ । देशभरबाट सोह्र सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थिती रहने युनियनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*