अनेरास्ववियु हेटौंडा क्याम्पसको अध्यक्षमा मैनाली
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) हेटौंडा क्याम्पसको अध्यक्षमा अभि मैनाली निर्वाचित भएका छन् ।
आइतबार भएको अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीको १६ औं सम्मेलनले मैनालीलाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो । सम्मेलनले मैनालीको अध्यक्षयतामा २७ सदस्य क्याम्पस कमिटी चयन गरेको छ ।
उपाध्यक्षमा बिष्णु हरि मिश्र, सचिव सौगात अधिकारी, सह–सचिव अरविन्द यादव, जुनु लामा, सर्मिला भट्टराई, कोषाध्यक्षमा रञ्जिता दुलाल सदस्यहरुमा प्रतिक्षा कार्की, करुणा दंगाल, गंगा मैनाली, नवीन सिलवाल, गणेश तिमल्सीना लगायत चयन भएका छन् ।
अनेरास्ववियु क्याम्पस संयोजक मैनालीको सभाध्यक्षतामा भएको सम्मेलनमा अनेरास्ववियु केन्द्रीय कमिटीका उपाध्यक्ष तथा बागमती प्रदेश इञ्चार्ज उमेश अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
सम्मेलनमा नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देलको विशेष आतिथ्यता रहेको थियो भने, अनेरास्ववियुका नेता सन्तोष पौडेल, किसन घिसिङ, विशाल पौडेल, आशिष अस्लामी मगर, प्रमोद फुयाल लागायतको आतिथ्यता रहेको थियो ।







