मकवानपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु

अखबार हब
२०७९ असार २२, बुधबार २१:३९

मकवानपुर । मकवानपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको  छ ।

बुधबार जिल्लाको बागमती गाउँपालिका वडा नम्बर ४ पाँचपाण्डवमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको हो ।

बागमती–१ करौंजेबाट झुरझुरेतर्फ जाँदै गरेको बा ६० प ९४९१ नंबरको मोटरसाईकलको पछाडी सवार स्थानीय २२ वर्षीय दिब्यप्रकाश राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए ।

यसैगरि,मोटरसाईकलका चालक भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*