शिवम् सिमेन्ट्का सञ्चालक अमिर मोरले दिए राजिनामा
मकवानपुर । शिवम् सिमेन्ट् लिमिटेडका सञ्चालक समितिका सदस्य अमिर मोरले राजिनामा दिएका छन् ।
असार १७ गते बसेको सञ्चालक समितिको बैठकले मोरले दिएको राजिनामा स्वीकृत गरेको हो । उक्त कुराको जानकारी कम्पनीले नेप्से मार्फत दिएको छ ।







