एउटा मोबाइल नम्बर र नागरिकताबाट एकपटक मात्रै लाइसेन्स फारम भर्न मिल्ने

अखबार हब
२०७९ असार ८, बुधबार २२:१३

काठमाडौं । अब सवारी चालक अनुमति पत्रका लागि एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एउटा मात्रै आवेदन फारम भर्न सकिने भएको छ ।

यातायात व्यवस्था विभागले फरक फरक मोबाइल नम्बर प्रयोग गरेर धेरै फारम भरेको पाइएपछि यस्तो नयाँ व्यवस्था गरेको हो ।

विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन फारम भर्दा नाम, ठेगाना, नागरिकताको विवरण, सवारी चालक अनुमतिपत्रको विवरण भर्दा त्रुटि भएमा आवेदन गरेकोरगर्न चाहेको नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाएर आफ्नो विवरण पुनः भर्न समेत अनुरोध गरेको छ ।

हेर्नुहोस् विभागको सूचनाः

यसमा तपाइको मत

Your email address will not be published.


*