जिसस मकवानपुर प्रमुख घलानले लिए सपथ

अखबार हब
२०७९ असार २, बिहीबार २०:४२

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा गठबन्धनका उम्मेदवार ललित कुमार घलान निर्वाचित भए पश्चात सपथ ग्रहण गरेका छन् । विहीबार निर्वाचित भएका घलानलाई प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सपथ खुवाएका थिए ।

सपथ ग्रहण लिए लगत्तै प्रमुख घलानले उपप्रमुख सानुकाजी लुईटेल र निर्वाचित सदस्यहरुलाई सपथ खुवाएका थिए ।

निर्वाचन पश्चात निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश नीति तथा योजना आयोग सदस्य प्रह्लाद लामिछाने, निवर्तमान जिसस प्रमुख रघुनाथ खुलाल, हेटौंडाका मेयर मिनाकुमारी लामा, प्रजिअ भरतमणी पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*