हेटौंडामा विश्व वातावरण दिवसको अवसरमा साइकल र्‍याली

अखबार हब
२०७९ जेष्ठ २१, शनिबार १५:०१

मकवानपुर । विश्व वातावरण दिवसका अवसरमा आज हेटौंडामा वातावरणीय सचेतना मूलक साइकल र्‍याली गरिएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको साइकल र्‍यालीले हेटौंडा परिक्रमा गरेको थियो । टोल विकास संस्था नगर समन्वय समितिको हेटौंडा उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।

उपमहानगरपालिका कार्यालयबाट सुरु भएको र्‍याली चौघडा, हटिया, रातोमाटे, बजार क्षेत्र हुँदै पुन उपमहानगरपालिका कार्यालयमा आएर समापन गरिएको थियो । उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले साइकल र्‍यालीको उद्घाटन् गरिन् ।

कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जन, उपमहानगरपालिका सामाजिक विकास महासाखाका प्रमुख विष्णु कुमारी लामिछाने लगायतकाको आतिथ्यता रहेको थियो । टोल विकास संस्था नगरसमन्वय समिति हेटौंडाका अध्यक्ष धुर्ब अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

अध्यक्ष अधिकारीले टोल विकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको हरेक बर्षको जेष्ठ २२ गते बिश्व बाताबरण दिवसलाई सप्ताहब्यापी रुपमा वातावरण संरक्षणका बिबिध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*