भरतपुरलाई ३–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज दोस्रो चरणमा

अखबार हब
२०७९ जेष्ठ २०, शुक्रबार २०:४०

मकवानपुर । चर्च ब्वाइज क्लब हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिता–२०७९ को दोस्रो चरणमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा भरतपुर एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज विजयी भएको हो ।

भरतपुरमाथि सहज जीत दर्ता गराउने क्रममा चर्च ब्वाइजका लागि आशिष चौधरीले २ र हेमन्त थापा मगरले १ गोल गरेका थिए । खेलमा दुई गोल गरेको आशिष म्यान अफ दी म्याच घोषित भएका थिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा स्थानीय तहको सहयोगमा जारी प्रतियोगिताअन्तर्गत् शनिबार सशस्त्र प्रहरीको (एपीएफ) र फ्रेण्डस क्लब काठमाडौंवीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*