मनहरीमा काँग्रेसका उम्मेदवार कालाखेतीको अग्रता

अखबार हब
२०७९ जेष्ठ २, सोमबार २०:४७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको मतगणना जारी रहेको छ । हाल सम्मको मत परिणाम अनुसर गठबन्धन तर्फका काँग्रेसका अध्यक्ष पदका उम्मेदवार भारी मतका साथ अग्र स्थानमा रहेका छन् ।

हाल सम्म गणना भएको वडा नम्बर १ देखी ५ सम्मको मतपरिणाम अनुसार कालाखेती ४ हजार ६ सय ३४ मत प्राप्त गरि अग्र स्थानमा रहेका छन् । कालाखेतीलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार एकराज श्रेष्ठले २ हजार २ सय ७४ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का नारायण श्रेष्ठ ६ सय ४६ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनकी सीता पुलामी मगरले ३ हजार ८९ मत प्राप्त गरी अग्र स्थानमा रहेकी छिन् । मगरलाई पछ्याउँदै नेकपा एमालेकी उम्मेदवार सुजीता थिङले २ हजार ३ सय ३ मत प्राप्त गरेकी छिन् । नेकपा (एकीकृत समाजवादी) का मनिला विष्ट १ हजार ३ सय ११ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।

हाल सम्म मनहरी गाउँपालिका वडा नम्बर १ र ३ मा नेपाली काँग्रेसका उम्मेदवारले जीत हासिल गरेका छन्, भने २,४ र ५ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार भने अहिले सम्म कुनै पनि वडामा निर्वाचित भएका छैनन् ।

अहिले पालिकाको बाकी वडाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृत पूर्ण बहादुर दर्जीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*