हेटौँडामा हलोको अग्रता, पछ्याउँदै कलम

अखबार हब
२०७९ जेष्ठ १, आईतवार १८:४३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–२ सिदार्थ माविमा मतगणना जारी छ । हेटौँडा उपमहानगरपालिकामा मेयरमा त्रिपक्षीय रोचक प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म ८८३६ मत गणना हुँदा पहिलो पटक राप्रपाका दिपकबहादुर सिंह २६६६ मतसहित पहिलोे स्थानमा उक्लन सफल भएका छन् ।

दोश्रा स्थानमा भने गठवन्धनकी मिना लामा २६३५ मतसहित रहेकी छिन् । नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेल भने २४१८ मत प्राप्त गरी तेश्रो स्थानमा रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*