मनहरी गाउँपालिका–३ मा कांग्रेसको अग्रता कायम
मकवानपुर । मनहरी गाउँपालिका वडा नं. ३ को मतगणना गर्दा वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अनन्त अर्यालले अग्रता कायम गरेका छन् । मनहरी ३ को मतदान केन्द्र को १३९५ मतगणना सम्पन्न हुँदा अर्यालसँगै गाउँपालिका गठबन्धन अग्रता कायम गरेका छन् ।
अर्यालले ५०१ मत प्राप्त गरेका थिए । यता उनका निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार सञ्जिवपाठकले ३४९ मत प्राप्त गरेका छन् भने अर्का प्रतिष्पर्धी नेकपा एमालेका मान बहादुर बलले २७३ मत प्राप्त गरेका छन् ।
यस्तै साझा उम्मेदवार रञ्जन कालाखेतीले हालसम्म ३ नम्बर बाट ६६९ प्राप्त गरेका छन् भने ,नेकपा एमालेका उम्मेदवार एकराज उप्रेती २९३ र नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार नारायण श्रेष्ठले ९४ मत प्राप्त गरेका छन् ।
यता उपाध्यक्षमा गठवन्धनकी सीता पुलामि मगरले ३७५, नेकपा एमालेकी सुजीता थिङले २९७ र नेकपा (एकिकृत समाजवादी)की मनिला विष्टले २८३ मत ल्याएका छन् ।







