देशैभरका ३२ मतदानस्थानको निर्वाचन प्रभावित

अखबार हब
२०७९ बैशाख ३०, शुक्रबार १८:३१

काठमाडौं । देशैभरका ३२ मतदानस्थानमा निर्वाचन प्रभावित भएको छ । शुक्रबार बिहान सात बजेदेखि सुरु भएको मतदानमा ३२ स्थानको निर्वाचन प्रभावित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

‘देशैभरका ७५३ स्थानीय तहमा मतदाता, उम्मेदवार वा अन्य विविध कारणले ३२ मतदानस्थानको निर्वाचन प्रभावित भयो। त्यसमध्ये कतिपय स्थानमा सहमती भएपछि मतदान प्रक्रिया सुरु भएका थिए’ थपलियाले भने,‘स्थागित भएको मतदान केन्द्रको तथ्यांक संकलन गरी राखेका छौं। सबै संकलन गरेपछि एकिन तथ्यांक भन्छौ।’

मतदाता र उम्मेदवारमा असल राजनीतिक संस्कार नहुँदा मतदान प्रक्रिया प्रभावित भएको थपलियाले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*