हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

अखबार हब
२०७९ बैशाख २९, बिहीबार १२:५६

मकवानपुर । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि हेटौँडाको दुई केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार वडा नं २ स्थित सिद्धार्थ मावि (घ)को मतदान केन्द्रमा मतदान अधिकृत विष्णुकुमारी लामिछाने र सहायक अधिृकत कृष्णकुमारी खरेल रहेका छन् भने वडा नं १२ स्थित महेन्द्र मावि पदमपोखरी (घ) को मतदान केन्द्रमा मतदान अधिकृत शान्तिमाया मोक्तान र सहायक मतदान अधिकृत अनुकुमारी लामा रहेका छन् ।

अन्य मतदान अधिकृतहरूमा भने पुरुष नै छन् । यहाँका सबै वडाको मतदान केन्द्रमा मतपत्रसहितको निर्वाचन टोली आइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*